Logo

खेलकुद

लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदै



काठमाडाै । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदै छ । त्रिभुवन विश्वविधालय, किर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ११ बजे