Logo

Breaking News 1

‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ’



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा राष्ट्रपति पौडेलको जोड छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ०३ बजे