Logo

मुख्य समाचार

बालकुमारी घट्नाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले, घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठले निणर्य गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए । त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घट्नामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ४२ बजे