Logo

मुख्य समाचार

बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले मन्त्री ज्वालालाई दोषी किटान गरिसकेको अवस्थामा न उनले नैतिकताको आधारमा राजीनामा दिएको न कुनै कारबाहीको छनक दिएको भन्दै यसबारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे ।

उनले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गरे ।

उनले ललिता, सुन र भुटानी शरणार्थी लगायतमा हेरिएको भन्दै आफ्ना मान्छेको अनुहार आउनेवित्तिकै कमजोर बनाउने न्यायालयलाई समेत बद्नाम गरिएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ४४ बजे