Logo

Breaking News 1

 समाजवादी मोर्चाको बैठक बस्दै



काठमाडाैं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने जनाइएकाे छ ।

मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे बैठकमा छलफल गरिने एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी ९जसपा०, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : १७ बजे