Logo

मनोरञ्जन

गीतकर्मीहरु राष्ट्रको पहिचान हुन् :संगीतकार बास्कोटा



काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटाले संगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित संगीतकार संघ नेपालको १२ औं वार्षिक साधारणसभामा उनले संगीतकर्मीहरुलाई राष्ट्रको गहना भनेर नेताहरुले भाषण गर्ने र लकरमा मात्र सीमित गर्ने गरेको भन्दै पहिचानको रुपमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।

उनले संगीत क्षेत्रको हक अधिकार प्राप्तिका लागि सरकार चलाउनेहरुको नजर बदल्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ४८ बजे