Logo

मुख्य समाचार

वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन् : मन्त्री महतो



काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताएका छन् ।

आज ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ बिषयक एक दिवसिय सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा वन्यजन्तु संरक्षण प्रतिबद्धता गरे पनि उनीहरुको संरक्षण्को लागि ठोस योजना नभएको बताए ।

यस्तै, उनले जनावरहरु बढेसँगै उनीहरुका लागि बासस्थानको अभाव भएको भन्दै यसको निचोड निकाल्नको लागि पनि सुझाव दिएका छन् ।

अहिलेको समयमा सबैभन्दा ठूलो झगडा वन्यजन्तु र मानिस बीचमा रहेको पनि उनको भनाई छ ।

सोही कार्यक्रममा प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठले नेपालको पहिचानसँग जोडिएका नेपालको धरोहरलाई बचाइराख्न वातावरण संरक्षण त्यत्तिकै महत्वपूर्ण भएको बताए ।

उनले बिकास र वातावरणबीच सन्तुलन गरी दिगो बिकासको लक्ष्य हासिल चुनौति रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ४५ बजे