Logo

Breaking News 1

नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लियाे



काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौं ओभरमा डच ओपनर म्याक्स ओ डोडलाई रन आउट गरेको हो ।

उनी १० रन बनाएर पेभेलियन फर्किए । त्यसअघि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए । सोमपालले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर मिचेल लेभिटलाई पेभेलियन फर्काएका थिए । टस जितेर नेपालले पहिले बलिङ गरिरहेकाे छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : १३ बजे