Logo

Breaking News 1

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको तथा तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाइएकाे छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : २६ बजे