Logo

मनोरञ्जन

ट्रेलर सार्वजनिकपछि उत्साहित रेखाः ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भइसकेको छ ।

शुक्रबार रेखा थापाले ट्रेलर सार्वजनिकपछि एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको बताइन् ।

नेपाली चलचित्र क्षेत्रमा चलेको ट्रेन्डभन्दा उपहारमा विल्कुल फरक कथावस्तुमा रहेको प्रतिक्रिया आइरहेको जानकारी दिइन् ।

उपहारले प्रेम कथा साथै सामाजिक घट्ना पनि समेटेकाले किशोरदेखि वृद्धा समेतले हेर्न मिल्ने कथा बोकेको थापाको भनाई छ ।

नेपाली चलचित्र क्षेत्रमा सबै उमेर समूहलाई समेटेर फिल्म निर्माण नभएको अवस्थामा उपहार सबै उमेर समुहलाई उपयुक्त चलचित्र रहेको उनको दाबी छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म फागुन २५ देखि प्रदर्शनको तयारीमा छ । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ३२ बजे