Logo

मुख्य समाचार

शक्तिशाली राष्ट्रहरूबिचको वैमनस्यले ठूलो क्षति भयो : ओली


४ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताए ।

चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ ।

गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको बताउँदै ओलीले नेकपा एमाले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा गर्न प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : १० बजे