Logo

मुख्य समाचार

‘महासमिति बैठक कर्मकाण्डी मात्र नबनोस’


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य एवं युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेस महासमितिको बैठक बैठकका लागि मात्र बन्न नहुने बताएका छन् ।

शुक्रबार महासमिति बैठकका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै नेता शाहीले महासमिति बैठक सभापति, उपसभापति र महामन्त्रीहरुले प्रतिवेदन पढेर सक्ने बैठक बन्न नहुने बताए ।

महासमिति बैठकले राष्ट्रिय विषय तथा जनताका समस्याहरु सम्बोधन गर्नसक्नुपर्ने नेता शाहीले बताए ।

पार्टीका नेताहरु देश र जनताको सवालहरुमा अझै गम्भीर बन्न जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ०७ बजे