Logo

मुख्य समाचार

अपाङ्गता परिचयपत्र वितरण डिजिटल प्रविधिमार्फत : मन्त्री आचार्य


४ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता परिचयपत्र वितरणमा डिजिटल प्रविधिको प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको दिगो विकास तथा सुशासन समिति अपाङ्गता भएका व्यक्तिहरुको कार्यान्वयन सम्बन्धी विषयमा भएको छलफलमा उनले अपाङ्गता परिचय पत्र वितरणमा पहुँचवालाले लिने र पहुँच नपुग्दा नपाउने अवस्था रहेको भन्दै न्यायोचित ढङ्गले वितरणका लागि यसलाई डिजिटल प्रविधिमा ल्याउन जरुरी रहेको बताए ।

उनले अपाङ्गताको अधिकारको कार्यान्वयनका निमित्त राष्ट्रिय संकल्प प्रस्ताव पास भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका निमित्त अन्तरमन्त्रालयको तत्काल बैठक राखेर प्रभावकारी बनाएर लैजानका लागि मन्त्रालय अघि बढ्ने बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ०७ बजे