Logo

मुख्य समाचार

गरिबी हटाउन सक्ने क्षमाता कृषि क्षत्रेमा : राष्ट्रपति पौडेल


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमाता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् ।

शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनको भनाइ छ ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उहाँले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ०५ बजे