Logo

राजनीति

एमालेको गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार, ओलीले सम्बोधन गर्ने


४ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौं । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।

उनले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने बताए ।

उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उनको भनाई छ । उक्त प्रकारका आयोजनाहरु उपत्यकाका स्थानिय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १२ : ४१ बजे