Logo

मनोरञ्जन

चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । रेखा थापाको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म फागुन २५ देखि प्रदर्शनको तयारीमा छ ।

फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मको वितरण रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन् ।

ट्रेलर हेर्नुहाेस् :

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १२ : ०३ बजे