Logo

समाचार

आज पनि बस्दै कांग्रेसको केन्द्रीय समिति बैठक


४ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरू भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीकोे महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ । बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको संगठनको विषयमा प्रतिवेदन तयार गरेका छन् ।

बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए । त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ ।

केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट बैठक बस्ने सञ्चार तथा सुचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । कांग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ५६ बजे