Logo

मुख्य समाचार

बझाङ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

चैनपुर । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन् । घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : १० बजे