Logo

Breaking News 1

एमाले सचिवालय बैठक बस्दै


३ फाल्गुन २०८०, बिहिबार  

0
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोश्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : ३९ बजे