Logo

राजनीति

एमालेले बोलायो सचिवालय बैठक, यी हुन एजेन्डा



काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

उनकाअनुसार सचिवालय बैठकको प्रस्ताव तयार पार्न अहिले केन्द्रीय कार्यालयको बैठक बस्दैछ ।

महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने सम्भावना रहेको उनले बताए । कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची पनि तय गर्नेछ ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ ।

जिल्ला–जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको उनले बताए ।

पहिलो चरणमा एमाले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ ।

सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको काम–कारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ४८ बजे