Logo

राजनीति

माओवादी केन्द्रको विधान अधिवेशन आज पनि



काठमाडौँ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ । सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ ।

ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा छलफल गरिरहेका छन् । बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।

बुधबार दिउँसो १ बजेसम्म समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।

बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ०८ बजे