काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनकाे मूल्य घटेकाे छ भने चाँदीको मूल्य स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला तोलामा ३०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा करोबार भएको छ । चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया