Logo

Breaking News 1

विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो


१ फाल्गुन २०८०, मंगलबार  

138
Shares

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो । हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो ।

उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ । सेनासँगको समन्वयमा उक्त शंकास्पद बस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आवद्ध रहेको खुले पनि उनीहरुबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुले विप्लव समूहबाट अलग भएर विद्यालय र अरु संस्थाहरुमा चन्दा आतंक मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : २१ बजे