Logo

Breaking News 1

‘जनयुद्ध’को जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री


१ फाल्गुन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध दिवस’लाई रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आग्रह गरेका छन् । ‘जनयुद्ध दिवस’को अवसर पारेर आज शुभकामना दिँदै उनले ‘जनयुद्ध’को जगमा प्राप्त अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका हुन् ।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए । 

उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरे । उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा अपिल पनि गरे । 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ०६ बजे