Logo

मुख्य समाचार

‘त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ’



काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानून संगत भएको बताएकी छिन् । 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानूनभित्र रहेर गरिरहेको बताईन् ।

यस्तै उनले लागि उपकुलपतिको पदको लागि जम्मा ४२ जना निवेदकहरुमध्ये १४ जना सर्टलिस्टमा राखेकाले अब अन्तर्वार्ता सुरु गर्ने जानकारी दिइन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : ३८ बजे