Logo

मुख्य समाचार

‘अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी’



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखे । उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए ।

उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताए ।

बाँसबारी  छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा भएको छ।

सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताएका उनले भ्रष्टाचारको छानविन र कारबाहीको लागि बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काममा पनि विस्वास गर्न नसक्ने बताए ।

राष्ट्रको शत्रु भ्रष्टाचार भएको बताएका उनले पक्ष र प्रतिपक्ष नभनि भ्रष्टाचार निवारणमा एक भएर लाग्नुपर्नेमा जोड दिँदै एक शक्तिशाली आयोगको माग उनले गरे ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : १९ बजे