Logo

मुख्य समाचार

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडाैं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा माओवादी केन्द्रीय समिति बैठक सुरु भएको हो ।

आज पनि समसामयिक राजनीति र यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

माओवादीले आगामी फागुन १ गतेदेखि विधान सम्मेलन तय गरेको छ। यो बैठकमा आगामी विधान सम्मेलनको विषयमा पनि छलफल हुने माओवादी नेतारुले बताएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ४२ बजे