Logo

खेलकुद

एकदिवसीय सिरिज : टस जितेर पहिला बलिङ गर्दै नेपाल



काठमाडाैं । क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : २४ बजे