Logo

Breaking News 1

एकदिवसीय सिरिज : क्यानडासँग अन्तिम खेल खेल्दै नेपाल



काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दै छ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : २८ बजे