काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेकाेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया