काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने जनाइएकाे छ । बैठक आज र भाेलि दुई दिनसम्म चल्नेछ ।
बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ ।
समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल गरिने छ ।
प्रतिक्रिया