पोखरा । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीले शनिबार प्रचार कार्यशाला गरेको छ । सञ्चारको उचित प्रयोग, यसको महत्व, व्यवस्थापन र गलत सूचनाबाट जोगिने उपायका विषयमा केन्द्रीत रहेर कार्यशाला गरेको हो ।
सञ्चारको महत्व र यसको उचित प्रयोगको बारेमा बुझाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको कमिटीका संयोजक लक्ष्मण तिमिल्सिनाले बताए ।
कार्यशालामा सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले प्रभावकारी सञ्चार, प्रचार तथा प्रकाशन विभागको भूमिका, गलत र भ्रामक सूचनाबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए । त्यसैगरि संगठनात्मक सिद्धान्तका विषयमा एमाले गण्डकी प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही र एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यशालामा महानगरका ३३ वटै वडाका प्रतिनिधि, पार्टी नेता, कार्यकर्ता, विद्यार्थी नेता, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया