Logo

राजनीति

माओवादी पार्टीमा पुस्तान्तरणको बहस



काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको माओवादी केन्द्रभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो कसरी सहज बनाउने भन्ने बहस अघि बढेको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारे छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकपछि उपमहासचिव वर्षमान पुनले युवालाई नेतृत्वमा ल्याउन पार्टीभित्र बहस भइरहेको बताएका छन् ।

नेतृत्वमा नयाँ पुस्ता ल्याउन स्पष्ट पद्धति निर्धारणका वषियमा छलफल चलेको उनले बताए ।

यस्तै, पार्टीका अर्का नेता जनार्दन शर्माले संविधानले मार्गनिर्देश गरेका कुरालाई आत्मसात गरेर त्यसलाई कार्यान्वयन गर्नु पार्टीको आज आवश्यकता भएको बताए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३८ बजे