Logo

मुख्य समाचार

‘दलहरुले जनगुनासो सम्बोधन गर्नुपर्ने समय हो’



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जिम्मेवार दलहरुले जनगुनासो सम्बोधनको समय आएको बताएका छन् ।

सोनाम ल्होसारका अवसरमा राजधानीको टुँडीखेलमा शनिबार आयोजित कार्यक्रममा उनले सर्वसाधारण जनताले बिना भेदभाव सेवा पाउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने भन्दै यसको लागि काम गर्नुपर्ने अवस्था आएको बताए । सुशासन, आर्थिक विकास र रोजगारी सिर्जनाका लागि राजनीति दलहरु कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले सत्ताको भागबन्डामा भन्दा पनि विकास, सुशासन र अर्थतन्त्र बलियो बनाउने तर्फ गम्भीर हुन आवश्यक भएको पनि बताए ।

नेपाल विकासको काममा पछाडि भए पनि फरक पहिरन, भाषा र संस्कृतिले धनी भएको भन्दै यो नै नेपालीको सबैभन्दा गर्व गर्ने पुँजी भएको बताए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : ५७ बजे