Logo

अर्थ

दायित्वहरु व्यवस्थापन गर्न ठूलो चुनौति छ : डा.महत



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको दायित्वहरु बढ्दै गएकाले त्यसलाई व्यवस्थापन गर्न ठूलो चुनौति रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उनले आन्तरिक स्रोत र साधनले सबै दायित्वहरुलाई पूरा गर्न अलि कठिन भएको भन्दै साधन स्रोतलाई महत्वका साथ सुक्ष्म विश्लेषणका आधारमा प्राथमिकीकरण गर्न जरुरी भएको बताए ।

उनले पुँजीगत खर्चलाई व्यवस्था र अनुशासनमा ल्याउने काम सुरुवात गरेको भन्दै ऋणको दायित्व बढ्ने अवस्थाका बारेपनि सरकार सजक रहेको बताए ।

सरकारले मात्रै गरेर सम्पूर्ण काम हुन्छ भन्ने मानसिकताको अन्त्य गर्न जरुरी भएको भन्दै यसमा नीजि क्षेत्रको सहयोग पनि आवश्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ३६ बजे