मुम्बई (बलिउड हंगामा) । बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन् । उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन् । सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका अगाडि तैमुरलाई लुकाउने प्रयास गरिरहन्छन् ।
अहिले तैमुर सात वर्षको भइसकेका छन् । उनी अहिले स्कुल जान्छन् र खेलकुद गतिविधिमा सक्रिय छन् । सैफ र करिनाका अनुसार तैमुरले आफ्नो करियरको बाटो रोजिसकेका छन् । हालै एक अन्तरवार्तामा सैफ र करिनाले तैमुर र उनी भविष्यमा के बन्न चाहन्छन् भन्ने बारे खुलाएका छन् ।
करिनाका अनुसार तैमुर आफ्ना अभिभावकको बाटोमा हिँड्ने मनस्थितिमा छैनन् । उनको भनाईलाई समर्थन गर्दै सैफले तैमुरले भविष्यमा लिड गिटारिस्ट र फूटबलर बन्ने इच्छा व्यक्त गरेका छन् । ‘तैमुर अर्जेन्टिना गएर टिमका लागि फुटबल खेल्न चाहन्छ । ऊ लियोनल मेसीको फ्यान हो । उसले हालैमात्र फुटबलमा हार व्यहोरेको छ’, सैफले भनेका छन् ।
प्रतिक्रिया