Logo

समाचार

स्कूल बसको ठक्करले भारतीय नागरिकको मृत्यु



जनकपुरधाम । धनुषाको जनकपुरधाममा स्कूल बसको ठक्करले एक जना पुरुषको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे आठ बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नम्बर २३ स्थित श्रीराम बोर्डिङ स्कूलको बसले ठक्कर दिएपछि २७ वर्षिय ममताज कवारीको मृत्यु भएको हो ।

बा २ प ७६० नम्बरको स्कूल बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुर बस्दै आएका कवारीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजांदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने स्कूल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १ : ३४ बजे