काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनी ५१ रन बनाउँदै क्रिजमा छन् ।
कुशलले ४४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका छन् । उनीसँगै कप्तान रोहित पौडेल आठ रन बनाउँदै क्रिजमा छन् । कुशलले अर्धशतक पुरा गर्दा नेपालले १३.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।
प्रतिक्रिया