Logo

समाचार

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस रकम लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त गरेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि क्षेत्रीलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

बुधबार दायर गरिएको मुद्दामा वडाध्यक्ष क्षेत्रीसँग पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : २५ बजे