Logo

राजनीति

‘बोल्ने समयसीमा तोक्नु अपमान’



काठमाडौं। राष्ट्रिय सभा सदस्यबामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला भन्ने चिन्ता लागेको बताएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो धारणा राख्नका लागि समयको मापदण्ड रहेको भन्दै यस्तो अपमानजनक पदबाट कहिले मुक्त हुने भन्ने बारे सोच्ने गरेको बताए

सरकारमा भएकाले मात्रै यो अवस्थाको जिम्मेवारी बहन गर्नुपर्ने नभइ सबैले नेपाल समृद्ध बनाउने कुरामा सोच्नुपर्ने बताए ।

उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्म बनेका कुनै पनि प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गर्दै त्यही कारणले नेपाली पछाडि परेको भनाइ राखे ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ११ बजे