Logo

मुख्य समाचार

‘कृषि पेसाप्रति वितृष्णा बढ्यो’



काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले नेपालमा उत्पादित कृषि उपजले बजार नपाउँदा किसानको श्रम र पसिना बालुवामा पानी हाले सरह भएको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कृषि उपजले बजार नपाउँदा किसानहरु निराश भएर कृषि पेसाप्रति वितृष्णा बढ्दै भएको बताएकी हुन् ।

दुग्ध किसानहरुले पाँच महिनादेखि दूधको भुक्तानी नपाएको उनले बताइन । यसले पशुपालक किसानसँगै समग्र कृषि क्षेत्रमा वितृष्णा बढाएको उनको भनाइ थियो ।

वर्तमान सरकार हरेक क्षेत्रमा असफल भइरहेको आरोप लगाउँदै उनले भनिन्, ‘हाम्रो सन्तुलित परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति हो । त्यसको मर्म र भावनाअनुसार वर्तमान सरकार चल्न सकेको छैन । आज वैदेशिक हस्तक्षेप बढेको छ ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ०७ बजे