Logo

मुख्य समाचार

सरकार सत्ता ढलीमलीमै मग्न : सांसद गिरी



काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले वर्तमान सरकार सत्तामा ढलीमली गरेर त्यसैमा रमाइरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा हिउँदे अधिवेशन सुरु भएको अवसरमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले भ्रष्टाचार र तस्करीका काण्डमा सरकार मुछिएको आरोप लगाए । सरकारको कार्यशैलीका कारण जनतामा सिंगो व्यवस्थामाथि नै वितृष्णा बढ्ने स्थिति सृजना भइरहेको उनको जिकिर थियो ।

उनले व्यवस्था नै असफल हो भन्ने कुप्रचार गर्ने काम भइरहेको भन्दै सरकारको असफलता व्यवस्थाको असफलता नभएको प्रष्ट पारे ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ०१ बजे