Logo

Breaking News 1

राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश’ पारित



काठमाडौं । राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश, २०८० स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल भएको थिए । छलफलपछि बैठकले राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८९ को उपनियम ३ अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यायदेश,२०८० सदनमा प्रस्तुत गरेका थिए । उक्त अध्यायदेश सर्वसम्मतिबाट स्वीकृत भएको हो।

यस्तै, विधायन व्यवस्थापन समितिको सभापति जयन्तीदेवी राईले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धीको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेस गरेकी छिन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ३१ बजे