Logo

मुख्य समाचार

‘प्रतिपक्षले संसदभित्र साथ दिनुपर्छ’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानून बनाउने सन्दर्भमा प्रतिपक्षले संसदभित्र साथ दिनुपर्ने बताएका छन् ।

बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दलिय प्रतिनिधिको हिसाबले बोलेका उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) लाई संसदमा सबै राजनीतिक दलले साथ दिनुपर्ने धारणा राखे ।

शर्माले संसदभित्र पक्ष र प्रतिपक्ष केवल प्रणाली, सिद्दान्त र विचारमा आधारित भएको जिकिर गर्दै कानून निर्माण गर्ने क्रममा सबै एकैठाउँमा आउनुपर्नेमा जोड दिए ।

हिउँदे अधिवेशनमा विकास निर्माण,शिक्षा,स्वास्थ्यलगायत विविध क्षेत्रका आवश्यक कानून निर्माणको प्रकृयालाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरेका शर्माले जाजरकोट भूकम्प प्रभावितका लागि अस्थाई आवास निर्माणका लागि आवश्यक दोस्रो किस्ता निस्कासनका लागि माग गरे । उनले पूर्ननिर्माणका लागि प्रभावित क्षेत्रमा ‘संकट क्षेत्र घोषणा’ नै गरी सरकार लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ५९ बजे