Logo

राजनीति

सदनमा कांग्रेस जिम्मेवार हुन्छ : गगन थापा



काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री तथा सांसद गगन थापाले यो पटकको संसद अधिवेशनमा आफूहरुको उपस्थितिलाई थप जिम्मेवार र क्रियाशील बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले संसदको ठूलो दलको हिसाबले कांग्रेसले सरकारको अपेक्षा र आम नागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने बताए ।

उनले राजनीतिक वा आर्थिक शक्तिमा आबद्ध भएकै कारण नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोने छुट नपाउने बताए । आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगी धन्दाको मतियार कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? भन्दै उनले प्रश्न गरे ।

उनले संसदमा रहेका सबै राजनीतिक दलहरूले आफ्नो काम गर्ने तरिका बदल्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ०७ बजे