Logo

मुख्य समाचार

खेलाडीलाई घोषित पुरस्कार नदिनु लाजमर्दो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खेलाडीहरुलाई तोकिएको पुरस्कार राशि उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बुधबार उनले खेलाडीलाई पुरस्कार राशि तत्काल हस्तान्तरण गर्न सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्रीको सक्रियतामा एक वर्षभन्दा अगाडि राष्ट्रिय क्रिकेट टोली र  अन्डर १९ क्रिकेट टोलीका लागि पुरस्कार घोषणा गरिएको थियो । उक्र पुरस्कार अझैसम्म पनि नदिनु खेलाडीहरुको उपहास गरे बराबर भएको उनको भनाइ थियो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ०४ बजे