Logo

मुख्य समाचार

व्यवस्थापिकाको अधिकार न्यायालयले प्रयोग गर्न मिल्दैन’



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सांसद विकास कोषका नामले परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएकोप्रति न्यायालयले व्यवस्थापकिाको अधिकार प्रयोग गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोलेका सांसद भण्डारीले व्यवस्थापिकाले आफ्नो अधिकार प्रयोग गरेर बनाएको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना कहाँ छ भन्दै प्रश्न गरे । उनले सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा रोक लगाएकोप्रति लक्षित गर्दै न्यायालयले आफूहरुको अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले चालू आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले छुट्याएको संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम लागू नगर्न अन्तरिम आदेश भदौमा दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ३१ बजे