Logo

मुख्य समाचार

विकासका काममा सरकारले आफूखुसी गरेको आरोप



काठमाडौं । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।

यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ५९ बजे