Logo

मुख्य समाचार

सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग



काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबीन गरी जनताको पैसा फिर्ता गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ५३ बजे