काठमाडौं । नेपाल प्रेस काउनसिलका अध्यक्ष बालकृष्ण बस्नेतले दर्शक बढाउनको लागि नैतिकताभन्दा बाहिर गएर पत्रकारिता गर्ने प्रवृत्ति बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अनलाइनमा बाल संरक्षण सम्बन्धमा मिडियाको भूमिका राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बालबालिका, महिला या सुकै विषयमा पनि नैतिकताभन्दा बाहिर गएर हेडलाइन राख्ने, राख्नै नमिल्ने फोटो राख्ने भन्दै दर्शक बढाउन नैतिकताभन्दा बाहिर गएर पत्रकारिता गर्ने प्रवृत्ति बढेको बस्नेतले बताए ।
‘पत्रकारितामा आचारसहिंता पालना होइन, कसरी हुन्छ उल्लङघन गर्नेतर्फ ध्यान केन्द्रित गरी भ्युअर्स बढाउन जुनसुकै विषयमा पनि नैतिकताभन्दाबाहिर गएर हेडलाइन राख्ने, तस्बीर राख्ने अर्काको फेटो राख्ने, राख्नै नमिल्ने फोटो राख्ने गरिएको छ’ उनले भने, ‘यसबारे मिडिया आफैं गम्भीर हुनुपर्छ, हामीले भनेर मात्रै सच्चिने होइन ।’
सञ्चारमाध्यम प्रभावकारी हुन सक्यो भने समाजमा रहेको बालबालिका, महिला, पिछडिएकाहरुको एजेण्डा राम्रोसँग उठाउन सके मात्र देश समृद्ध हुने उनको भनाई छ ।
‘एजेण्डा राम्रोसँग उठाउन सकियो, सञ्चार माध्यमप्रभावकारी हुन सक्यो भने जनताको, समाजको एजेण्डा राम्रोसँग उठाउन सकिन्छ’ बस्नेतले भने, ‘बालबालिका, महिला, पिछडिएकहरुको विषयलाई उठाउन सकेमात्र देश समृद्ध हुन सक्छ ।’
प्रतिक्रिया